Connect with us
Advertisement

सुन्दरहरैंचा– १२ को सार्वजनिक सुनुवाइ सम्पन्न, डुबानको समस्या समाधानमा प्राथमिकता दिनुपर्नेमा वडावासीको जोड

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर आर्थिक वर्ष २०७७–०७८ को पहिलो सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव तीर्थकुमारी सुवेदी तथा नगरपालिकाका इञ्जिनियर वीरेन्द्र नेयोहाङ, इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लीलामणि दाहाललगायतले जवाफ दिएका थिए ।

अधिकांश सहभागीले वडामा ढल निकासको समस्या रहेको बताएका थिए । यसैगरी स्वास्थ्य, शिक्षा, कृषि र विद्युत, व्यवसाय र सुरक्षा जस्ता विषयमा सहभागीले प्रश्न उठाएका थिए ।

टोल संयोजक केदारप्रसाद लुइँटेलले टोल विकास संस्थाबाट छानिएका योजनालाई वडाले पुन छनोट गर्दा प्राथमिकता पाउनुपर्नेमा त्यसो नभई त्यस्ता योजना पछि पर्ने गरेको गुनासो गरेका थिए ।

ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहालले ज्येष्ठ नागरिक तथा स्वास्थ्य संस्थामा औषधीको अभाव रहने गरेको विषय उठाएका थिए ।

उद्योग वाणिज्य संघका सदस्य विप्लव बस्नेतले व्यवसायीका समस्या उठाएका थिए । व्यवसाय दर्ता गर्दा, नवीकरण गर्दा र बन्द गर्दा लाग्ने दस्तुर धेरै भएको बताउँदै यसलाई घटाउनुपर्ने उनको माग थियो । यसैगरी वडाका भित्री भागमा पनि सीसी क्यामेरा जडान गर्नुपर्ने कुरा उनले राखेका थिए ।

विष्णु सुनाम, रतन श्रेष्ठ, कमला पराजुली, श्यामनारायण दाहाललगायतले वडाका समस्या, गुनासा र सुझाव कार्यक्रममा राखेका थिए । भोल्टेजको समस्या समाधान नभएको, हाटबजार लाग्ने क्षेत्रमा सीसी क्यामराको व्यवस्था गर्न नसकेको विषयमा सहभागीले प्रश्न उठाएका थिए ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले धेरै समस्यामा रहेको ढल निकासलाई समाधान गरिरहेको बताए । वडा नम्बर १२ का ढल निकासको समस्या रहेको बताउँदै उनले कालीखोलाको पैनीलाई व्यवस्थित गरेर सुकुना खोलामा पानीको निकास कटाउने गरी काम गर्न सकेमा डुबानको समस्या समाधान हुने बताए । नगर र वडाले यसलाई प्राथमिकतामा राखेर योजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।

यसै आर्थिक वर्षमा स्वास्थ्य चौकीसम्म जाने सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको र आगामी आर्थिक वर्षमा बाँकी रहेको बाटो कालोपत्रे हुने उनले बताए ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।

जनगुनासोलाई सार्वजनिक स्थलमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडाबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार बनाउने प्रतिबद्धता गर्ने कार्यमा सार्वजनिक सुनुवाइले सहयोग गरेको वडा नम्बर १२ का अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा वडा सदस्यहरु देवीकुमारी ढकाल, दिलिप दाहाल, गणेश फुयाल, प्रमिला अछामी, वडा सचिव तीर्थकुमारी सुवेदी इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज लीलामणि दाहाल, इञ्जिनियर वीरेन्द्र नेयोहाङ, प्राविधिक रोष्नी कार्की अतिथि रहेका थिए ।

सुकुना टोल विकास संस्थाका अध्यक्ष ओम खतिवडा, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष डिल्लीरमण घिमिरे, संगम टोल विकास संस्थाका अध्यक्ष माधव दाहाल, शुक्रबारे टोल विकास संस्थाका अध्यक्ष टीका सुवेदी, खोर्साने टोल विकास संस्थाका अध्यक्ष केदार लुइँटेल लगायत कार्यक्रममा उपस्थित थिए ।

इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडावासी तथा सञ्चारकर्मी सहभागी भएको कार्यक्रममा उपस्थित सहभागीलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका सचिव ज्ञाननाथ ढकालले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading

Banner

आज – ३० बैशाख २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

गायक रवि ओड प्रहरी नियन्त्रणमा

Published

on

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक